धान झार्ने थ्रेसरमा च्यापिएर महिलाको निधन

everest kitchen

 

झापा । धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज बिहान झापामा एक महिलाको निधन भएको छ । निधन हुनेमा बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार शुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो ।

मृतक महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृत्युको पोष्टमार्टम पछि शवलाई आफन्तको जिम्मा लगाइएने बताएको छ ।