यम बराल र उर्मिला लाम्गादेको ” जवानी ताजाताजा छ”

everest kitchen

काठमाडौं । चर्चित गायक यम बराल र न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको नयाँ गीत ‘ताजाताजा’ भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा कलाकारहरु नाजिर हुसेन र उषा उप्रेतीले अभिनय तथा नृत्य गरेका छन् ।

हालै न्युयोर्क आएका गायक बराल र हालै गायनमा फर्किएकी लाम्गादेका स्वरमा रहेको यो गीत लोक आधुनिक शैलीमा रहेको छ । सुदिप बरालले निर्देशन गरेको भिडियोमा नेवारी संस्कृतिसहित फरक स्वाद भेट्न सकिन्छ । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको यो गीतको एरेन्ज मोहित मुनालले गरेका हुन् ।

प्रोडक्सन मेनेजेर विनोद पोखरेल रहेको भिडियोको सम्पादन टेकेन्द्र शाह र सिनेमेटोग्राफी रविन्द्र न्यौपानेले गरेका छन् । लक्ष्मीपूजाको अवशर पारेर सार्वजनिक गरिएको उक्त गीतले कोरोनाको महामारीमा समेत तिहारको बेलामा दर्शकश्रोतालाई मनोरञ्जन प्रदान गर्नसक्ने अपेक्षा गायक बरालले गरेका छन् ।