देशभर कोभिडका १ हजार ४ सय ७७ संक्रमित थपिए

everest kitchen

काठमाडौं । आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७७ मा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै संक्रमितको संख्या दुई लाख ९ हजार ७७६ पुगेको छ। त्यस्तै गएको २४ घण्टामा ६ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ७३ हजार ४ सय ३० रहेको मन्त्रालयले जनाएको छ।