गएको २४ घण्टामा देशभर थप १७ को निधन, निको भए २ हजार ८ सय ७८ जना

everest kitchen

 

काठमाडौं । मंगलबार कोरोनाबाट थप ५०२ संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

थप १७ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ। हलसम्म १ हजार २४७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। हल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ।