सलिसाममा सम्पन्न खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि सीएफसीलाई

everest kitchen

दोहा । १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतार अन्तरगतको खेलकुद विभागले नेपाली राष्ट्रिय चाडपर्वहरु बलिहाङ तङ्नाम, तिहार, नेपाल संवत्, म्ह:पुजा र छटको अवशरमा मैत्रीपुर्ण खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

गत १३ निभेम्बरका दिन सलिसाम खेलकुद विभागद्वारा सम्पन्न उत्त खेलमा दोहा कतारमा रहेका २७ नेपाली फुटबल क्लबहरुको सहभागिता रहेको थियो। सो खेलमा CFC BLUE फाइनल बिजेता भएको छ भने LIMBUWAN FC उपबिजेता भएको छ ।

बर्वा बराह को खेल मैदानमा सम्पन्न सो खेलमा ट्रफी, नगत पुरस्कार, उत्कृष्ट खेलाडि, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलर, अनुशाशीत टिम, उत्कृष्ट रेफ्री, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्ड प्लेयर र म्यान अफ दी म्याच जस्ता सम्मानहरु द्वारा खेलाडिहरुलाई पुरस्कृत गरिएको थियो। सो अनुरुप CFC BLUE का क्याप्टेन अर्जुन लिम्बू उत्कृष्ट खेलाडी घोषित भए । नयाँ अनलाइन