दाङका कोभिड संक्रमित एक पुरुषको बाँकेमा निधन

everest kitchen

काठमाडौं । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । संक्रमितको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो ।

दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो