रोल्पाकी कोभिड संक्रमित वृद्धाको बुटवलमा निधन

everest kitchen

 

काठमाडौं । लुम्बिनी प्रदेशको रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा रोल्पाकी ७७ वर्षीय एक महिला रहेकी छन् ।

बुटवल स्थित कोभिड-१९ बिशेष अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार रोल्पाकी ७७ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार बिहान ११ः१० बजे उपचारको क्रममा निधन भएको हो ।

१६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएकी उनी सोही दिन लुम्बिनी अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । डा. गौतमका अनुसार उनीमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।