भारतमा करिब ९० लाख संक्रमित

everest kitchen

 

ऐजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख ३१ हजार ५७८ पुगेको छ ।

भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित भेटिए पनि ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ । भारत कोभिड संक्रमितको हिसाबले विश्वको दोस्रो स्थानमा रहेको छ ।