महानगरले आइतबारदेखि नि:शुल्क पिसिआर परीक्षण गर्दै

everest kitchen

 

काठमाडौं । काठमाडौं महानगरले पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क पिसिआर परीक्षण गराउन लागेको जानकारी दिएका हुन्।

उनले कार्यक्रममा पत्रकारहरूसँग बोल्दै आइतबारदेखि स्वाब संकलन गर्ने कार्यलाई पुन: सूचारू गर्न लागेको बताए। यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोबाइल भ्यान सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए।

महानगरले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई मात्र पिसिआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन्।