शिक्षकमा कोभिड संक्रमण देखिएपछि विद्यालय बन्द

everest kitchen

 

काठमाडौँ । गोरखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले शिक्षकहरूमा पनि कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले कोरोना संक्रमितहरको संख्या कमहुदै गएपछि केही पहिलेदेखि नगरभित्र सामुदायिक र निजी विद्यालयमा विद्यार्थी भौतिक रूपमा नै उपस्थित हुने गरी सञ्चालन गर्न दिइएको थियो ।तर कोरोना संक्रमण शिक्षकहरूमा पनि देखिएकोले विद्यालयहरू बन्द गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए।

नगरपालिकाकले दिएको जानकारी अनुसार नगरभित्र शिक्षक तथा कर्मचारी गरी ६५ जनामा कोरोना संक्रमण देखिएको छ।