करेन्ट लागेर एक हात्तीको निधन

everest kitchen

काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ। बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृ त भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए।

पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो।‘नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएर गाउँमा मृ त अवस्थामा हात्ती भेटिएको हो’, उनले भने, ‘हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ।’

उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताए।घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका छन्। मृ त हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताए।