रुकुमकी मृगौला पीडित बिकलाई मलेसियामा रहेका नेपालीहरुको सहयोग

everest kitchen
advertise

बालाराम देवकोटा

रुकुम पश्चिम् । मुसिकोट नगरपालिका १२ का मृगौला पिडित महिला डिला बिकलाई रोजगारिको सिलसिलामा बिदेस गएका युवाहरुले आर्थिक रकम सहयोग गरेका छन ।
बिगत लामो समय देखि मृगौला रोग बाट ग्रसित पीडितलाई राहत स्वरुप सहयोग गरिएको हो ।

मलेसियाको yangling natural highen sdn bhd मा कार्यरत नेपालिहरुले २८ हजार ५६७ रुपैयाँ  सहयोग गरेका हुन । त्यहा कार्यरत त्रिबेनि गाउपालिका ७ का नरबहादुर बिक को नेतृत्व मा विभिन्न जिल्ला बाट रोजगार को सिलसिलामा बिदेस गएका नेपाली युवाहरुले एक दिन बराबर को पारिश्रमिक रकम उक्त पिडित लाई सहयोग गरेका हुन ।

थोरै भएपनी पिडित लाई केही हद सम्म राहत हुने र उपचार मा सहज हुने आसाले रकम सहयोग गरिएको ,त्यहा कार्यरत संखुवासभा का गोबिन्द अधिकारिले बताए । त्यस्तो खबर सुन्दा निकै मर्माहत भएको र राज्यप्रती दिन प्रतिदिन आक्रोश बढ्दै गएको बताउदै युवालाई स्वदेस मै रोजगारिको ब्यबस्था गर्न नसक्नु त छदै छ तर आम नागरिकले पाउनु पर्ने नि:शुल्क स्वास्थ्य सेवा को अधिकार बाट समेत बन्चित भएको सुन्दा आफुलाई लज्जाबोध भएको ,पिडित परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको समेत अधिकारीले बताए ।

साथै मलेसिया को विभिन्न राज्यमा छरिएर बसेका अन्य नेपालिहरुले पनि उक्त पिडित महिलाका लागि राहत संकलन जारी राखेका भने सबै रकम जम्मा भैसकेपछी एकमुष्ट रकम पठाईने बताएको छ ।