सरकारी कर्मचारीले लोकसेवाका तयारी कक्षा पढाउन नपाउने, पढाउनु परे स्वीकृत लिनुपर्ने

everest kitchen

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्वीकृति नलिई कुनै पनि कर्मचारीले लोकसेवाका परिक्षाका तयारी कक्षाहरु पढाउन नपाउने भएको छ ।कर्मचारीहरुलाई मर्यादित र सेवामा प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार पढाउन चाहाने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रीपरिषद् र अन्य कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ ।

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले एक विज्ञप्ति जारी गर्दै यसअघि कुनै मन्त्रालय वा प्रशिक्षणको लागि अनुमति दिएको भए पनि आइतबारदेखि नै निर्णय निष्क्रिय हुने साथै स्थानीय र प्रदेशतहमा समायोजन भएका कर्मचारीहरुमा समेत निर्णय लागुहुने जानकारी दिएका छन ।