अमेरिकामा आगामी महिनादेखि कोभिड विरुद्धको भ्याक्सिन दिन सुरु गरिने

everest kitchen

 

काठमाडौं ।अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ।

बीबीसीले जनाएका अनुसार कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने साथै खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिनुभएको छ ।

औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकले अमेरिकामा कोभिड–१९ खोपको आपतकालीन प्रयोगका लागि अनुमति लिन गएको शुक्रबार आवेदन दिएको छ। अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए) ले यस कम्पनीको खोप सुरक्षित छ या छैन भनेर निर्धारण गर्नेछ ।

अमेरिकामा अहिलेसम्म एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन् भने अमेरिका कोरोना सङ्क्रमितको पहिलो नम्बरमा समेत रहेको छ।