प्रधानमन्त्री ओली ताप्लेजुङको फत्ताङलुङमा

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सिधै घुन्सा पुुगेका हुन् ।

पूूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन गरेका छन् । साथै, घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने कार्यक्रम छ ।

ओलीसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् । घुन्सामा जिल्ला सदरमुकाम फुङलिङबाट पूर्व सांसद, प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको टोली पुगेको छ ।