हङकङ आगलागीमा घाइते १८ वर्षीया सुरेखाको निधन

everest kitchen

हङकङ । आगलागीमा परी घाइते सुरेखा कँडेलको मृत्यु भएको छ । १८ वर्षीया कँडेलको उपचारका क्रममा जोर्डनको क्वीन एलिजावेथ अस्पतालमा निधन भएको हो । उनी कृष्णबहादुर कँडेलकी छोरी हुन् ।

गत आइतबार हङकङको याउमातेउ स्थित जिरे खुर्सानी रेस्टुरेन्टमा जन्मदिन मनाउने क्रममा पुगेका उनी अचानक फैलिएको आगालागीमा परी गम्भीर घाइते भएकी थिइन् ।
घटनामा हालसम्म कँडेल परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । उनको ठूलोबा युवराज (राज) कँडेल, ठूलो बाकी छोरी कीर्तिका र फूपाजु रामबाबु नेपाल र फूपूका छोरा रायन नेपालको यसअघि नै निधन भइसकेको छ ।

सुरेखाको निधनसँगै सो घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । आगलागीमा परी घाइते उनका बुबा कृष्णबहादुर आमा देविका र भाइको अस्पतालमा उपचार भइरहेको छ । साथै घटनामा घाइते अन्य नौ जनाको विभिन्न अस्पतामा उपचार भइरहेको छ ।

सो आगलागीपछि हङकङमा आगलागीबाट कसरी सुरक्षित रहने भन्ने बारेमा सरकारी तवरबाट चासो र चिन्ता व्यक्त हुन थालेको छ । पुराना संरचनाहरुमा कसरी आगलागीबाट बच्ने उपायहरु अपनाउने भन्ने बारेमा सरकारले अनुगमन गर्ने तयारी गरेको छ ।आगलागीमा परी घाइते सुरेखा कँडेलको मृत्यु भएको छ । १८ वर्षीया कँडेलको उपचारका क्रममा जोर्डनको क्वीन एलिजावेथ अस्पतालमा निधन भएको हो । उनी कृष्णबहादुर कँडेलकी छोरी हुन् । गत आइतबार हङकङको याउमातेउ स्थित जिरे खुर्सानी रेस्टुरेन्टमा जन्मदिन मनाउने क्रममा पुगेका उनी अचानक फैलिएको आगालागीमा परी गम्भीर घाइते भएकी थिइन् ।

घटनामा हालसम्म कँडेल परिवारका पाँच जनाले ज्यान गुमाएका छन् । उनको ठूलोबा युवराज (राज) कँडेल, ठूलो बाकी छोरी कीर्तिका र फूपाजु रामबाबु नेपाल र फूपूका छोरा रायन नेपालको यसअघि नै निधन भइसकेको छ ।

सुरेखाको निधनसँगै सो घटनामा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । आगलागीमा परी घाइते उनका बुबा कृष्णबहादुर आमा देविका र भाइको अस्पतालमा उपचार भइरहेको छ । साथै घटनामा घाइते अन्य नौ जनाको विभिन्न अस्पतामा उपचार भइरहेको छ ।

सो आगलागीपछि हङकङमा आगलागीबाट कसरी सुरक्षित रहने भन्ने बारेमा सरकारी तवरबाट चासो र चिन्ता व्यक्त हुन थालेको छ । पुराना संरचनाहरुमा कसरी आगलागीबाट बच्ने उपायहरु अपनाउने भन्ने बारेमा सरकारले अनुगमन गर्ने तयारी गरेको छ ।