बिहिवार भारतीय विदेश सचिव श्रींगलाको नेपाल भ्रमण हुने

everest kitchen


काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि यही बिहीबार नेपाल आउने तय भएको छ । विदेश सचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला यहि ११ गते नेपाल आउन लागेको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।

श्रींगलाले दुई दिने नेपाल भ्रमणका क्रममा श्रींगलाले परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। नेपाल सरकारले गत जेठमा लिम्पियाधुरासहितको नया नक्सा जारी गरेपछि श्रींगलाको यो सबैभन्दा उच्च तहको भ्रमण हो।

यसअघि उनले भुटान र म्यानम्यारको भ्रमण गरिसकेका छन्।श्रींगला शुक्रबार स्वदेश फर्किनेछन्।श्रींगलाको भ्रमणले नेपाल र भारतबीचको पौराणिक र ऐतिहासिक सम्बन्धलाई अझ बजबुत बनाउने दाबी भारतीय परराष्ट्र मन्त्रालयले गरेको छ।