जीप दुर्घटना हुँदा ५ जनाकाे निधन

everest kitchen

 

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ भने अन्य ५ जना घाइते भएका छन्।मंगलबार दिउँसाे भारतकाे पिथाैरागढमा पेन्सन बुझेर फर्केकाहरू चढेको ना १ ज २१९६ नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे।

दरशथ चन्द नगरपालिका १० बुड्डामा भएकाे उक्त दुर्घटनामा परी दशरथचन्द नगरपालिका-५ बसकाेटका ७५ वर्षीय पार्वती चन्द , ७७ वर्षकी अर्की पार्वती चन्द , सुर्नया गाउँँपालिका- ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका-४ जरगाउँका वर्ष ७७ का भगिरथ पाण्डे र दशरथचन्द नगरपालिका-२ का कृष्ण लावडकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।          जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले चालकसहित अरू ५ जना घाइते भएकाे बताए। गाडी चालक तथा साहु दशरथचन्द नगरपालिका-४ का गापाल कार्कीकाे उपचारका लागि धनगढी रिफर गरिएको उनले बताए । बाँकीकाे बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ।