क्यान्सर पीडित थापालाई मलेसियाबाट आर्थिक सहयोग

everest kitchen

कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका–४ निवासी दौलतबहादुर थापा जिब्रोको क्यान्सर रोगीलाई मलेसियामा रहेका केहि नेपालीहरुद्वारा आर्थिक सहयोग गरिएको छ ।
मलेसिया क्वालालुम्पुर क्षेत्रमा ब्यवसाय गर्दै आएका केहि ब्यवसायीहरु मिलेर रोगीलाई आर्थिक सहयोग रकम रु. २५६१८ पठाइएको हो ।
‘हामी सामान्य अवस्थामा भएको भए त अलिक राम्रै सहयोग गर्न मन थियो तर, अहिले कोरोनाको महामारीले सबैतिर ब्यापार ब्यवसाय लगायत कामधन्दा राम्ररी नचलेको अवस्थामा सोचेकोजस्तो सहयोग पठाउन सकिएन ।’ आर्थिक संकलन अगुवा दीपक बिष्टले बताए ।