गएको २४ घण्टामा १ हजार ९ सय ४८ मा संक्रमण, २८ जनाको निधन

everest kitchen

 

काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा २८ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार १ सय ४० जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख २६ हजार २६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७ हजार ९ सय ९८ जनालाई कोरोना संक्रमण निको भइसकेको छ।

नेपालमा अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ८९ जनाले ज्यान गुमाएका छन्। त्यस्तै गएको २४ घण्टामा अहिलेसम्मकै धेरै २८ जनाले ज्यान गुमाएका छन् ।