प्रवासमा रहेर सक्रिय सर्जक डम्बर विश्वकर्माको “अमिलो चुकैले” सांगीतिक बजारमा

everest kitchen

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् डम्बर विश्वकर्मा । उनको शब्द शिर्जनामा पछिल्लो नयाँ गित ”अमिलो चुकैले” बोलको गित बजारमा आएको छ । उक्त गित भावना म्युजिक सोलुसनको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

निकै मन छुने गितमा स्वार र शब्द शिर्जना गर्दै आएका गायक तथा सर्जक डम्बर विश्वकर्मा एक समाजिक अभियन्ता पनि हुन ।उनि सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका केन्द्रिय महासचिव समेत हुन । प्रवासमा रहेर आफ्नो देश र परिवार प्रतिको माया र सद्भाव साथै प्रवासी हरुको पिडालाई गित संगित मार्फत प्रस्तुत गर्दै आएका छन् ।

मुटु बन्धकि, डडेलो, अनौठो परिक्षा, गाउँघर रमाइलो, लगायत एक दर्जन भन्दा धेरै लोकप्रिय गीतहरु समेत सृजना गरेका सर्जक डम्बर विश्वकर्माले यो गीत पनि दर्शक स्रोताले रुचाउनेमा आशावादी रहेको सर्जक डम्बर विश्वकर्माले बताएका छन् ।

चर्चित गायिका शान्ती श्री परियार र गायक कमल सुनारको स्वर रहेको ”अमिलो चुकैले” गितमा सकारात्मक प्रतिक्रिया आएको छ । धेरैले मन पराएर टिकटक बनाउनेहरुको संख्या बढिरहेको छ । गायक कमल सुनारको लय र कजिस श्रेष्ठको निर्देशनमा बनेको उकृष्ट म्युजिक भिडियोमा चर्चित मोडल विमल अधिकारी र अनु शाह’को दम्दार अभिनय रहेको छ ।