लघुकथा :अपराध

everest kitchen

लघुकथा :अपराध

गिता तिवारी

श्रीमान , मैले अपराध गरेकै हु मलाई जस्तोसुकै कार्वाही गर्नुहुन्छ गर्नुस म भोग्न तयार छु मङ्गलि दमिनिले न्यायाधीश संग आँखा जुधाएरै भनि , हलमा सबै दर्शक वा रमिते हरु चुपचाप सुनिरहेका थिए । हो मैले कान्छि मालिक्निको कपाल लुछेकि हु जब उहाले मलाई धारामा पनि भर्न जादा पानी छोइस भनी मेरो गाग्री तीन कान्ला मुनि फालीदिनु भयो र मेरो चोलो च्यातिने गरि मलाई हातपात गर्नुभयो ।

फेरि अर्को ठुलो अपराध पनि गरेकी हु मैले , जब मेरि मुनु छोरी छाउ भएर छाउगोठमा बसेकी थिइ शिरानाघरे जेठाबाको छोराले जबर्जस्ति गर्न थालेछ मुनुलाई । धन्न उ चिच्याएको सुनेर म त्यहा पुगे ।

त्यो असति किस्ने लाई नजिकै रहेको मुङ्ग्रोले उसको टाउकोमा बजारेर मेरो मुनुको इज्जत / कुमारित्व बचाएकी हु । हो श्रीमान , त्यसैले लगाउनुस मलाई हत्कडी । उपस्थित दर्शकदिर्घा ले जिब्रो टोक्दै स्याबास बहादुर” मङ्गली भन्न थाले । मङ्गलीको साबिती बयान पछि न्यायाधीश ले फैसला सुनाए ।

गैर्‍हापाटन ४ पोखरा