नेकपा नेता तथा सांसद जनार्दन शर्माको “नयाँ बाटो” गीत सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौं । पुर्व गृहमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्मा “प्रभाकर” ले परिकल्पना गरेको नयाँ गीत सार्वजनिक भएको छ । लौ हिड साथि हो (नयाँ बाटो ) नामक बोलको उक्त गीत केहिदन अघि सार्वजनिक भएको हो ।

“लौ हिड साथि हो नयाँ बाटो जाँउ, समाजवादी यात्रामा उठ अब गाउँ” भन्ने शब्द भाव बोकेको उक्त गीत शब्द संकलन राजकुमार शर्माले गरेका छन् । शर्मा जिल्ला समन्वय समिति रुकुम (पश्चिम) का प्रमुख हुन । त्यस्तै गीतमा लय गायक किरण बाबु पुनले भरेका छन् ।

भिडियो बनिनसकेको उक्त गीतमा गायक किरण बाबु पुन र तुलसा पुन(घर्ती) ले स्वर दिएका छन् । गीतको अडियो किरण बाबु पुन नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।