सशस्त्र प्रहरीका ८ डिआइजी र एक एसएसपीको काज सरुवा

everest kitchen

 

काठमाडौं । सशस्त्र प्रहरी बलका ८ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) र एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा भएको छ। गृह मन्त्रालयले बिहीबार डिआइजी र एसएसपीको काज सरुवा निकालेको हो।

सरुवा अनुसार प्रवीण श्रेष्ठ ७ नम्बर बाहिनी मुख्यालय कैलाली सरुवा भएका छन्। उनी ९ नम्बर बाहिनी काठमाडौंमा कार्यरत् थिए। सीमा सुरक्षा विभागमा रहेका राजु अर्यालको ९ नम्बर बाहिनी काठमाडौं सरुवा भएको छ।

नारायणदत्त पौडेलको ४ नम्बर बाहिनी कास्की, कृष्णभक्त ब्रह्मचार्यको सीमा सुरक्षा विभाग, हरिशंकर बुढाथोकीको सीमा सुरक्षा विभाग, राजेन्द्र बस्नेतको प्रशिक्षण प्रतिष्ठान, हरिशचन्द्र अधिकारीको मानव स्रोत विभागमा सरुवा भएको छ। एसएसपी अभिकुमार खत्रीको ६ नम्बर बाहिनी सुर्खेत सरुवा भएको छ।