कर्णाली प्रदेश सरकारका ९ महत्त्वपूर्ण निर्णय

everest kitchen

रुकुम । कर्णाली प्रदेश सरकारले ९ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सार्वजनिक गरेकी हुन ।

मन्त्रीपरिषदले मुख्यमन्त्रीको कार्यालय अन्तर्गत “प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेख जिल्ला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नारायण न . पा . ८ निवासी श्री सर्वराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै मुख्यमन्त्रीज्यूको समन्वय विज्ञका रुपमा सुर्खेत जिल्ला लाटीकोइली ९ निवासी झक बहादुर मल्ललाई नियुक्त गरेको छ । यस्तै सल्यान जिल्ला कुमाख गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्विकृतिका लागि पठाउने र दैलेख जिल्ला भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्विकृतिका लागि पठाउने निर्णय गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गत समपूरक र विशेष अनुदान तर्फका आयोजनाहरुको बजेट व्यवस्थापन सम्बन्धमा आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारको समपुरक र विशेष अनुदानबाट स्थानीय तहहरुमा संचालित अधुरा आयोजनाहरुका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शिर्षकबाट जम्मा रु . २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहहरुमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोही मन्त्रालय अन्तर्गत शान्ति अध्ययन तथा घाईते अपाङ्ग पुर्नस्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशको सुरक्षा रणनीति र सुरक्षा मापदण्ड २०७७ स्वीकृति गर्ने निर्णय गरेको छ भने कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो ।