रुकुम जीप दुर्घटनामा निधन हुनेको संख्या पाँच पुग्यो

everest kitchen

 

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोटमा रोकि राखेको जीप दूर्घटना हुँदा ५ जनाको निधन भएको छ।
दुर्घटनाका घाइते आठबिसकोट नगरपालिका वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको निधन भएसंगै निधन हुनेको सङ्ख्या ५ पुगेको हो ।

सार्कीलाई थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी रुकुम पश्चिमले जनाएको छ । यसअघि हिजो साँझ भएको उक्त दुर्घटनामा परि घटनास्थलमै चार जनाको मृत्यु भएको थियो । जसमा आठबिसकोट-८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र कलिभान नेपाली रहेका छन् ।

शुक्रबार बेलुका साढे ८ बजेतिर भएको आठबिसकोट नगरपालिका वडा नं. ७ मा आठबिसकोट वडा नं १० को घारीखोलामा जन्ती गएर घर फर्किरहेका मानिसहरू सवार रा १ ज ५८९ नम्बर जीप भिरबाट खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ‘मानिस झार्नलाई साइड लगाउने क्रममा जीप झन्डै एक सय मिटर तल खसेको छ बताएको छ । बेहुलि लिएर घर पुगि सकेको जीपबाट अघिल्लो सिटमा रहेका सबै जना ओर्ली सके पछि पछिल्लो सिटमा रहेका ५ जना निक्लन बॉकि हुदै जीप एका एक गुडेर दुर्घटना हुदा ५ जनाको दु:खद निधन भएको नगरपालिकाका मेयर गोरख बहादुर केसीले फेसबुकमा उल्लेख गरेका छन् ।