हजारौंको उपस्थितिमा लाग्ने डिग्रे मेला यो वर्ष लागेन (भिडियो )

everest kitchen

रुकुम पश्चिम । हरेक वर्ष हरिवोधनी एकादशी देखी पुर्णिमासम्म लाग्ने रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मन्दिरमा लाग्ने मेला यो बर्ष लागेको छैन । कोरोना प्रकोपलाई ध्यानमा राखेर जिल्लाका सबै किसिमका धार्मिक तथा सांस्कृतिक  मेलाहरुमा रोक लगाएसंग‌ै यो मेला पनि नलागेको हो ।

जिल्ला विपद व्यवस्थापन समितिले यसअघिनै सार्वजनिक जम्घट हुने स्थान र मेलाहरुमा रोक लगाएको थियो  । यधपी मेलामा रोक लगाएपनि सामाजिक दुरिकायम गरेर मन्दिर दर्शनको व्यवस्था भने गरिएको छ । हरेक बर्ष झै मेला नलागेपनि बलि दिनेहरु भने आउने गरेको एक पुजारीले जानकारी दिए ।

पाँच दिनसम्म लाग्ने उक्त मेलामा जिल्ला भित्र र छिमेकी जिल्लाहरु रुकुम पूर्व, सल्यान, दाङ रोल्पा, जाजरकोट लगायत भारतबाट समेत  मन्दिर दर्शन गर्न हजारौं मानिसहरु आउने गरेको स्थानीय धनिराम शर्माले बताए  । डिग्रे मन्दिरमा मनले चिताएको मागेमा माग (फल) पुरा हुने जन विश्वास रहेको छ ।