ओलीले सचिवालयमा खामभित्र राखेर बाँडेको प्रस्ताव (पूर्णपाठसहित)

everest kitchen

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठक सकिएसँग अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुुत गरेको प्रस्ताव के आयो भनेर यतिबेलो धेरैको चासो बढेको छ । प्रधानमन्त्री ओलीले बैठकमा ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत गरेका छन् ।

यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा ओलीले आफ्नो प्रस्ताव सचिवालय बैठकमा प्रचण्डसहितका सबै सदस्यहरुलाई खाममा राखेर वितरण गरेको उनले बताए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवेदन खाममा राखेर दिइएको र त्यो अध्ययन गर्न बाँकी रहेको बताए । यद्यपी प्रचण्डले उठाएका सवालको जबाफ, सरकार र पार्टी सञ्चालनका साथै विविध विषय ओलीको प्रस्तावमा समेटिएको बताइएको छ ।

प्रस्तावको पुर्ण पाठ पढ्न यहाँ थिच्नुहोस्