जीर्ण अवस्थामा बैरागी पुल : सम्बन्धित निकायको ध्यान गएन (तस्बिरहरू )

everest kitchen

रुकुम पश्चिम । राप्ती राजमार्ग सडक खण्ड अन्तर्गत मुसिकोट नगरपालिका-४ सोलाबाङ्ग बैरागी बजार जोडने बेलिब्रीज पुल जीर्ण अवस्थामा पुगेको छ । उक्त पुलसंगै नयाँ पक्की पुलको ठेक्का भएर पनि निर्माण कार्य सुरु भैसकेको अवस्थामा पनि लामो समय देखि निर्माण कार्य रोकिएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार पुल निर्माण कम्पनीले के कारणले काम रोकेको छ भन्ने समेत थाहा नभएको बताए । पुल जिर्ण अवस्थामा भएसंगै आवातजावत गर्ने सवारीसाधन र पैदल यात्रीले समेत जोखिम मोल्नु परेको स्थानीयको गुनासो रहेको छ ।

पुल निर्माणमा स्थानीय सरोकारवाला निकाय, सम्बन्धित निकाय र निर्माण कम्पनीले ध्यान नदिएको स्थानीय खगेन्द्र घर्तीले बताए । उनका अनुसार सम्बन्धित निकायले ध्यान दिन सकेमा पुल छिट्टै निर्माण हुनसक्ने थियो ।