दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाडेमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

everest kitchen

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् ।

उर्जा मन्त्री समेत रहनु भएका पुनले रोल्पाको लाकुरीमा सोमबार ३३र११ केभी सबस्टेशनको उद्घाटन समारोहमा पार्टीभित्र विवाद बढिरहेको बेला दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर नेतृत्व सुम्पन तयार भएमा नेतृत्वका लागि तयार रहेको बताएका हुन ।

’दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने ,’उहाँहरूले भन्न सक्नपर्छ। हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं। तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन। हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।’

पछिल्लो समय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच सम्बन्ध चिसिदै गए पछि पार्टी एकता नै संकटको अवस्थामा रहेको बेला नयाँ पुस्तालाई नेतृत्व सुम्पने वहस पनि चल्न थालेको छ ।