चकलेटको खोल र मोबाइलको ब्याट्री भित्र अबैध सुन

everest kitchen


काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।

बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको खोलमा लुकाएर अवैध सुन ल्याएको महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताएका छन् ।

रुकुम घर भएका बोहोराको साथबाट प्रहरीले २ सय दशमलव १८० ग्राम पाता बनाएको सुन बरामद गरेको छ । उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।