काठमाडौंमा जुलुस र प्रदर्शन नगर्न अनुरोध

everest kitchen

 

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँमा जुलुस,राजनैतिक अभियान वा प्रदर्शन नगर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण उपत्यकामा र विषेशगरि काठमाडौँ जिल्लामा तिब्ररुपमा बढेकोले कोरोनाको महामारीको भयावह स्थिति आउन नदिन काठमाडौँमा जुलुस,राजनैतिक अभियान वा प्रदर्शन नगर्न काठमाडौँ जिल्ला प्रशासनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ ।

‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै , सभा,जुलुस ,प्रदर्शन र अभियान सञ्चालन गरिएको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने भएको साथै स्थानीय प्रशासन ऐन , २०२८ र संक्रमक रोग ऐन , २०२० को विपरित हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरु नगर्न÷नगराउन साथै महामारी रोकथाममा सहयोग पुराउनहुन सबैमा जिल्ला प्रशासन कार्यलय हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यलयले राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै , सभा,जुलुस ,प्रदर्शन र अभियान सञ्चालन गरेमा थानीय प्रशासन ऐन , २०२८ र संक्रमक रोग ऐन , २०२० अनुसार कार्बाही गर्ने समेत विज्ञप्ति मार्फत जानकारी गराएको छ ।