मलेसियामा नया बिरामि भन्दा निकाे हुने लगातार धेरै, आज १५ सय ५२ जना निकाे भए

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३६३ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४७२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।

मलेसियामा हालसम्म ६७ हजार १६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै मलेसियामा गएको २४ घण्टामा १५५२ जना निको भएसंगै हालसम्म कोभिड-१९ संक्रमितमध्ये ५५ हजार ३११ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल १० हजार ४९५ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १० हजार ४९५जनामा संक्रमण सक्रिय रहेको छ ।