नेकपा सचिवालय बैठक सकियो

everest kitchen

 

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय स्तरको बैठक सकिएको छ ।शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षले राखेको राजनीतिक प्रस्ताव लगायत पार्टी भित्र देखिएको विवादका विषयमा छलफल भएको छ ।

यसअघि यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा बैठकमा छलफल भएको हो ।

दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच छलफल भएको जनाइएको छ ।