नेकपाको सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओली सहभागी नहुने

everest kitchen

 

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा भने अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बताईएको छ ।

हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्नुहुदै अध्यक्ष ओलीले आजको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । गत कार्तिक २८ गते कार्यकारणी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मङसिर १३ गते अध्यक्ष केपी शर्मा आलीले पेस गर्नु भएको राजनैतिक प्रतिवेदनमाथि हिजोबाट छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यकारणी अध्यक्ष प्रचण्डले आफ्नो राजनैतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउँदै आउनुभएको छ भने प्रतिवेदनबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ ।