कक्षा ११ मा पढ्ने भुवनको ताल घुमाएरै दैनिक ९ हजार आम्दानी

everest kitchen

विपेन उलङगे

रुकुम । भुवन केसी उमेरले भर्खरै १८ बर्षका पुगेका छन् । गाउँम‌ रहेको एक उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा पढी रहेका छन् । त्यसको अलवा उनले स्यार्पु तालमा य्राफ्टिङ गरेर पर्यटकलाई खुसि पार्दै दैनिक ८/९ हजार पनि कमाई रहेका छन् ।

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका-३ का स्थायी बासिन्दा समेत रहेका भुवनको दैनिकी आजभोलि सोही स्थानमा रहेको स्यार्पु तालमा बित्छ । भुवनका अनुसार बिहान विद्यालय जान्छन् भने दिउसो भने स्यार्पु घुम्न आएका पर्यटकहरुलाई य्राफ्टिङमा ताल र ताल वरिपरिको गाउँ घुमाउ छन् । यसबाट दैनिक करिब ८/९ हजार आम्दानी समेत गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार उक्त य्राफ्टिङ करिब पाँच लाखमा सबै सुरक्षा सामाग्रीसहित किनेकोमा उनी अहिले भने नाफामा छन् ।

स्यार्पु घुम्न आउने पर्यटकहरु सबैको एउटै गुनासो रहेको उनको अनुभव छ । उनी भन्छन् “स्यार्पु आसपासमा स्तरीय होटल सुबिधा नभएको पर्यटकले गुनासो गर्छन् । यहाँ राम्रो सुबिधा सम्पन्न होटल भए पर्यटन अझ बढ्छ ।

स्यार्पु ताल रुकुम (पश्चिम) को सरमुकाम मुसिकोट देखि २ घण्टा ३० मिनेटको दुरी रहेको उत्तर बांफीकोट गाउँपालिका -३ मा अवश्थित छ । उक्त ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ताल पनि हो । २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको तालको वरिपरिको गाउँहरु त्यहाँका मुख्य आकर्षक हुन ।