कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा तोडेकोले पौडेललाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘उहाँ (रामचन्द्र पौडेल) ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले सेतोपाटीसँग भने, ‘नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौं।’

भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए।‘विभिन्न तत्वले घुसपैठ गर्न सक्ने देखियो। उहाँ घाइते हुन सक्ने भएर पनि सुरक्षाका लागि नियन्त्रणमा लिनु परेको हो। उहाँले निषेषाज्ञा पनि तोड्नुभयो,’ उनले भने।

वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्। ‘भर्खंर प्रहरी परिचालन गरेर मलाई र तनहुँ जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु,’ उनले भने, ‘साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस् उनले भने ।