गएको २४ घण्टामा १४ सय ९० संक्रमित थपिए

everest kitchen

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार थप १ हजार ४ सय ९० जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १५६७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १६१ पुगेको छ।

त्यस्तै, गएको २४ घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने हालसम्म १ हजार ५ सय ३८ को निधन भएको छ।