काङ्ग्रेस नेता पौडेलद्धारा तनहुँमा पुल उद्घाटन

everest kitchen

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गरेका छन्। व्यास नगरपालिका वडा नम्बर १ र ११ जोडने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेका हुन्।

बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो । तनहुँ प्रशासनले शान्ति सुरक्षाको लागि भन्दै पौडेललाई नियन्त्रणमा लिईएको बताएको थियो ।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र तनहुँ प्रशासनविरूद्ध नाराबाजी गरेका थिए। उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेताहरू पनि सहभागी छन्।