रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा अपाङ्गहरुलाई सिरक वितरण

everest kitchen
advertise
अपाङ्ग व्यक्तिका आफन्तलाई सिरक हस्तान्तरण गरिदै

रुकुम ( पश्चिम) । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाले अपांगहरुलाई सिरक वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका ‘क’ बर्गका १८ जना अपांगहरुलाई फाइबर सिरक वितरण गरेको हो ।

“कोभिड-१९ को पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्ग भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिद्धता” भन्ने नारा सहित एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष निर्मला बिष्ट “खड्का”, निमित्त कार्यकारी प्रमुख रमेश पुन लगायतको उपस्थितिमा सिरक हस्तान्तरण गरिएको हो ।

महिला तथा बालबालिका शाखा अन्तर्गत उक्त सिरक वितरण गरिएको गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले जानकारी दिइन् । उपाध्यक्ष बिष्टका अनुसार, जाडो मौसमको समयमा सामान्य मान्छेको पनि जनजीवन कष्टकर हुने अवस्थामा अपाङ्गको समस्यालाई ध्यानमा राखेर थोरै भएपनि राहत होस भनेर मौसम अनुसार सिरक वितरण गरिए हो ।                                                                                                                        अपाङ्गता भएका स्वयं व्यक्ति उपस्थित हुन नसक्ने भएकोपछि आफन्तलाई हस्तान्तरण गरिएको थियो  ।