मनकामना लाईफ केयर हस्पिटलद्धारा १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे

everest kitchen

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलले १ सय १७ जनाको नि:शुल्क भिडियो एक्सरे सेवा प्रदान गरेको छ । हस्पिटलले स्थापनाको दुई बर्ष पुरा गरेको अवसरमा उक्त सेवा प्रदान गरेको हो ।

बिभिन्न समस्यामा रहेका बिरामीहरु र विशेषगरी महिलाहरु जस्को आर्थिक अवस्थाका कारण आफ्नो स्वास्थ अवस्था र स्वास्थ्य समस्याका बारे जानकारी रहुन र समस्याको उपचार समयमा गरुन् भन्ने उद्देश्यले उक्त सेवा प्रदान गरेको हस्पिटल सञ्चालक डाक्टर यज्ञ प्रसाद बिसी (बुढाथोकी)ले जानकारी दिए । उनका अनुसार नि:शुल्क भिडियो एक्सरेले धेरै जसो महिलाहरुले सेवा लिएका छन् ।

गएको १७ गतेदेखि नि:शुल्क भिडियो एक्सरे सेवा सञ्चालन सुरु गरेकोमा १९ गतेसम्म १ सय १७ जनाले सेवा लिएको हस्पिटलले जनाएको छ ।