नेकपाको स्थायी समिति बैठक सुरु हुदै, सुरक्षा व्यवस्था कडा

everest kitchen

 

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमा बस्ने भएको छ । पार्टी कार्यलय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।

हिजो बसेको नेकपा सचिवालय बैठकले पार्टीको विवाद समाधानको जिम्मा स्थायी समितिलाई दिएको थियो । लामो समयदेखि पार्टी भित्र प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पक्षवीच विवाद रहदै आएको छ ।