मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको निधन

everest kitchen

झापा । झापा सिबसताक्षी ८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी ११ का ३२ वर्षीय रमेश बिष्ट रहेका छन् ।

शनिवार राती करिब ९ बजे को २ प ६९७० नम्बरको मोटरसाईकलले पैदल हिडिरहेका बिष्टलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका बिष्टको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालक शिबसताक्षी(७ बस्ने सन्तोष बेगा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।