पार्टी एकता जोगाउन भन्दै नेकपा कार्यकर्ताको कैलालीमा अनसन

everest kitchen

कैलाली । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको एकता जोगाउन माग गर्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।

पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारदेखि अनसन सुरु गरेका हुन् । नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालयमा आइतबारदेखि रिले अनसन सुरु गरेको बताए ।

‘पार्टी विभाजन हुनबाट रोक्नु पर्ने भन्दै अनसन बसेको हु’ उनले भने ‘अहिले सबै कार्यकर्ताहरूले नेतालाई दबाब दिन आवश्यक छ ।’नेताहरूले व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने उनले माग राखेका छन् ।