प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा नेकपा स्थायी कमिटि बैठक, ओली अनुउपस्थित

everest kitchen

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित् छन् ।

नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने उल्लेख थियो।ओलीले बैठकमा नआउने जानकारी दिँदै पहिले कार्यसूची तयार गर्न आग्रह गरेका छन्। कार्यसूची तयार भएपछि मात्रै आफू बैठकमा आउने जनाऊ उनले धुम्बाराहीमा दिएका छन्।

यसअघि शनिबार बसेको सचिवालय बैठकमा पनि एजेन्डाबिनाको बैठकमा आफू उपस्थित नहुने बताएका थिए। उनले केही दिन छलफल गरेर मात्रै बैठक अघि बढाउनुपर्ने अडान लिएका थिए।