अर्काको नाममा परीक्षा दिने पक्राउ

everest kitchen

काठमाडौँ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका ४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका४ बस्ने २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।