सर्वदलीय बैठक भोली मंगलबार बालुवाटारमा बस्ने

everest kitchen

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भोलि मंगलबार बिहान ११ बज बस्ने गरी बैठक बोलाउनु भएको हो ।

विशेषगरि पछिल्ला दिनमा सडकमा प्रदर्शन भएको विषयहरुको बारे दलहरूको साझा धारणा बुझ्न साथै ठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न बैठक डाकिन लागेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

हिजो नेकपाको पार्टी मख्यालय धुम्बाराहीमा भएको स्थायी कमिटीको बैठकमा सहभागी नहुनु भएका प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपतिसँगको भेट पछि आकस्मिक रुपमा सर्वदलीय बैठक बोलाइएको विषयलाई नेताहरुले महत्वपूर्णरुपमा लिएका छन् ।