सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिदै

everest kitchen

 

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । मिनभवनस्थित नापी कार्यलयमा आज मंगलबार दिउँसो २ बजे सगरमाथामाको नयाँ उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको विभागका उपमहानिर्देशक सुसिलनरसिंह राजभण्डारीले जानकारी दिनुभएको छ ।

यस पटक नेपालले पहिलो पटक आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी मायन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । साथै ,यस पटक हिउँ सतहसहित मापन गरिएकोले सगरमाथाको उचाईमा परिवर्तन हुनसक्ने विभागले बताएको छ ।

यस अघि विभिन्न देशहरुले उचाइ मापन गर्दै आएको भएता पनि पछिल्लो पटक सर्वे अफ इन्डियाले सगरमाथाको उचाई ८८४८ कायम गरेको थियो ।