थप १३८२ जनामा कोरोना संक्रमण, २३ को निधन

everest kitchen

 

काठमाडौं । देशभर थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ३४ हजार ३७७ पुगेको छ। पछिल्लो २४ घण्टामा १६२१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६३७ पुगेको छ।