टङ्क चन्दको एक गजल

everest kitchen

म मात्र हो है नयाँ बांकी,सब पुरानो
मैलो भोटो र यो खाकी,सब पुरानो
उस्को गमलामा सयौं थरी फूल फुल्दा
हाम्रो बाको बारिमा टाकी सब पुरानो

लट्केको सिक्री गलामा पहिरन नयाँ
बहिनिले देको मेरो राखी सब पुरानो
सयन थरि थरिका आलिसानको महल
छप्परिमा त्यो मेरो गलैचा पाखी पुरानो

मन्त्रीको सवारी अनि फूलबर्षा गज्जबको
पन्चेबाजा नयाँ तर गीत झाकी सब पुरानो ।